काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ बराबर १ को अनुपातमा जारी गर्न लागेको हकप्रद निष्कासनको लागि बिक्री प्रबन्धकको लागि एनआइसी एशिया क्यापिटल नियुक्त गरेको छ ।
विहीवार एनआईसी एसियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेल र स्वदेशी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद खनियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एनआईसी एशिया क्यापिटल पुँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामुहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
एनआईसी एशिया क्यापिटलले निः शूल्क डिम्याट खाता साथै प्रथम वर्षको डिम्याट खाता सञ्चालन निः शूल्क गरेको छ ।















