इलाममा ह्वात्तै बढ्यो कोरोना, एकैदिनमा ६४ जना संक्रमति

  आवाज संवाददाता

इलाम,  इलाममा कोरोना संक्रमितको दर ह्वात्तै बढेको देखिएको छ । शनिबार इलाम नगरपालिकामा आठ जना भेटिएकोमा आज ३६ जनामा देखिएको छ । यस्तै, सूर्योदय नगरपालिकामा १३, रोङ गाउँपालिकामा आठ, माईजोगमाई गाउँपालिकामा तीन र सन्दकपुर गाउँपालिकामा तीन जनामा कोरोना देखिएको छ । आज जम्मा ६४ जनामा कोरोना देखिएको छ । निषेधाज्ञा सामान्य भएसँगै कोरोना बढेको तथ्यांकले देखाउँछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार