निषेधाज्ञा खुकुलो बनाएपछि संक्रमण पुनः भयावह बन्दै

  आवाज संवाददाता


इलाम । निषेधाज्ञा सुकुलिँदै छ । यसले गाउँदेखि शहरसम्म चहल पहल बाक्लिएको छ । योसँगै कोरोना भाइरसको संक्रमण पनि बढ्दै गएको छ ।

सार्वजनिक यातायात र होटलहरु सञ्चालनमा नआउँदै संक्रमण दर बढ्दै गएको छ । यि सबै क्षेत्र खुल्ने हो भने संक्रमण पुनः भयावह हुने देखिन्छ । अहिले बजार लगभग खुल्ला छ भने यातायात होटल बाहेकका क्षेत्रहरु खुल्ला गरिएको छ ।

सोमबार इलाम नगरपालिकामा मात्र ४१ जनामा संक्रमण पुष्टि भएको छ । सन्दकपुर गाउँपालिकामा ६ जना, सूर्योदय नगरपाकिलामा ४ जना, माई नगरपालिकामा २ जना, र चुलाचुली गाउँपालिका र देउमाई नगरपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार मात्र जिल्लामा ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा संक्रमितको संख्या दुई हजार ४२ पुगेको छ भने मृत्यू हुनेको संख्या ५१ पुगेको छ ।

यातायात र होटल पनि चल्ने हो भने संक्रमण अझ बढ्ने देखिन्छ । यसैले केही दिनसम्म सीमित समयसम्म मात्र पसलहरु सञ्चालन गर्ने, करलगायतको राजश्व तिर्ने समयावधिलाई बढाएर सरकारी कार्यालय र वित्तीय संस्थाहरुको भीडभाडलाई समेत कम गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार