भोलिदेखि इलामको मूख्य सडकमा सार्वजनिक यातायात चल्ने

  आवाज संवाददाता

 

इलाम । निषेधाज्ञा जारी भएपछि बन्द रहेको इलामको सार्वजनिक यातायात भोलिदेखि मूख्य राजमार्गमा चल्ने भएको छ ।

झापा, सुनसरी, मोरङमा जोरविजोर गरेर सवारी चल्ने भएपछि इलामको मूख्य सडकमा पनि सवारी चल्ने भएको हो । तर, इलाम सदरमुकाम र बजारहरुमा भने सवारी प्रवेश गर्न र रोक्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले बताए । पछिल्लो समय संक्रमण बढी देखिएको पुवाखोला, नेपालटार लगायत मूख्य बजारहरुमा सवारी रोक्न नदिइने पनि प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

झापा, मोरङ, सुनसरी प्रशासनसँगको समन्वयमा मूख्य सडकमा सवारी चल्ने दिइने भएको हो ।

इलाममा जारी निषेधाज्ञा भने पुनः एक पटक लम्ब्याइने प्रशासनले जनाएको छ । हाल इलाममा विहान ६ बजेदेखि बेलुकी पाँच बजेसम्म बजार खुलिरहेको छ । भने सरकारी कार्यालय र वित्तीय कार्यालयहरुले पनि सञ्चालनमा रहेका छन् ।

यता यातायात व्यवसायीहरुले बजार र निजी सवारी साधनहरु चलेपछि सार्वजनिक यातायात पनि चल्न दिइने बताउँदै आएका छन् । ‘संक्रमण रोक्ने हो भने सबै क्षेत्र बन्द गरौं अरु सबै क्षेत्र खुल्ने हो भने सार्वजनिक यातायात पनि चल्न दिइनु पर्छ ।’ पूर्वेली जीप तथा ट्याक्सी यातायात सेवा प्रा. लि.का अध्यक्ष गृष्म सुब्बाले भने, ‘सार्वजनिक यातायात बन्द हुँदा पनि संक्रमण बढिरहेको छ, स्वास्थ्यका मापदण्ड अपनाएर चल्नु दिइनु पर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार