सुनसरीको बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे स्थित चतराबाट प्रहरीले एक सय ५० केजी गाँजा बोकेको गाडी सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् ।
मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा एक सय ५० केजी र सिटमा राखिएको अवस्था एक थान नक्कली रिवलबल पेस्तोल सहित फेला परेको थियो ।
प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका दुई जनाको खोजी कार्य भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।