विषय प्रवेश
पूर्वको रातो तारा इश्वर पोखरेलद्धारा लिखित सस्मरणात्मक निबन्ध कृति हो । शहीद रत्नकुमार बान्तवा र इश्वर पोखरेल उच्च शिक्षा अध्ययनकालका सहयात्री, कम्युनिष्ट विचार निर्माणका लाल योद्धा र साहित्यिक उन्नयनका कर्मी मौरी हुनुहुन्थ्यो । उहाँहरु दुवैजना नेकपा माले पार्टीको सस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । नेपालमा कम्युनिष्ट पार्टीको वैचारिक नेत्रित्वमा समाजवाद स्थापना गर्ने धेयका साथ पूणकालिन भूमिगत भएर पार्टी सङ्गठन निर्माणकै अभियानमा २०३५ साल चैत्र २७ गतेका दिन इलामको इभाङमा रत्नले सहादत प्राप्त गर्नुभयो । शहीद हुनुभयो ।
आफ्नो आत्मिीय सहयोद्धको स्मरण सम्मान र मूल्याङ्कनको वाङ्मयिक दस्ताबेज हो प्रस्तुत कृति । यसलाइ अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन काठमाडौंले २०७३ मा प्रकाशनमा ल्याएको छ । यस आलेखमा प्स्तुत कृतिमाथि सैद्धान्तिक समीक्षण गरिएको छ ।
प्रथम भेट र सहयात्राका सृङखला
२०३० साल असार १५ गते प्रबेश परीक्षाको दिन थियो । त्यस दिन चाँडै कीर्तिपुर पुगेर प्रबेश परीक्षा (अन्तरवार्ता) लिइने कोठा खोज्दैथिएँ । … त्यही हुलको बीचमा एकजना गोरा होचा कदको हँसिलो अनुहार र चिम्सा खालका आँखा भएका युवक मधुर स्वरमा मीठो गीत गुनगुनाइरहेको मैले देखेँ । त्यो गीत यस्तो थियो ः
बिरानो देशको माटोभरि
छ नेपाली नाम लेखेको
कहीं भीर पहराले छेकेको
कहीं पैतालाले टेकेको
हो दाजै, कहीं पैतालाले टेकेको ।
ती युवकसित मैले पनि परिचय गरें । रत्न कुमार बान्तवा रहेछ नाम । ( पृ २०–२१)
त्यसरी उक्त वाताबरणमा रन्त कुमार बान्तवासाँग इश्वर पोखरेलको भेट भएको देखिन्छ । संयोगको कुरा उहाँहरुबीच अन्तरवार्ताको बर्णानुक्रम पनि सँगसँगै हुनु , अध्ययन गर्ने सङ्काय र मेजर विषय पनि उही नेपाली हुनु । प्रथम भेटमा नै उहाँहरुबीच आत्मीयताका दुबो अङ्कुराएर रत्नले कालिमाटीमा रहेको आफ्नो टेरामा लगेर चिया खुवाउनु । त्यस यताका दिनहरुमा रत्न र इश्वर आपसमा घनिष्ठतम सहयात्री भएर अघि बढेको खुलासा यस कृतिमा भएको छ ।
सस्मरणात्मक निबन्ध लेखन साहित्यमा सहज तर उत्तिकै असहज विषय मानिन्छ । त्यसमा पनि कुनै पात्रको निधन पछि लेखिने ब्यक्तिपरक सस्मरणात्मक निबन्ध थप असहज हुन्छ । आफूले भनेको कुरालाइ सत्यापित गर्ने प्रमाण भन्नु नै लेखकको इमान्दारीता बाहेक अरु केही हुँदैन । बाँकी प्रमाण लेखकले उठाएका विषय प्रसङ्गसँग मेल खाने तस्बीर र लिखतहरु हुन् । आफ्नो सहयोद्धा रत्नले सहादत प्राप्त गरेको ४० औं वसन्त पछि आएर इश्वरले रत्नसँगको सस्मरण र मूल्याङ्कनको रुपमा प्रस्तुत कृति सार्बजनिक गर्नुभएको देखिन्छ । आफुहरुबीच रहेको घनिष्ठ सम्बन्धका अनेकन आयामबारे लेखक थप यसो भन्नुहुन्छ –
काठमाडौं बस्न थालेको झन्डै छ महिना पछि म बिमारी परेर नराम्ररी थलिएँ । म झाेंछेमा बस्थेँ । म दुइ दिन कलेज नगएपछि रत्नलाइ पनि छटपटी भएछ । उहाँ मेरो खोजी गर्न साँझपख डेरामै आउनुभयो । …. उहाँले मेरो अवस्था बुझ्न खोज्दै आफ्नो हातले मेरो निधारतिर छाम्नुभयो । … गुरु तपाइँलाइ सारै न्वरो आएको छ , औषधि गर्नुपर्छ । हिड्नुस मेरो डेरामा जाउँ , म सबै चिज बोक्छु । यति भन्दै रत्नले मलाइ उठाउनुभयो । आफुले बोक्नुपर्ने मेरो झोला एकातिर झुन्ड्याउनुभयो । अर्को हातले सहारा दिने गरी मलाइ समाउनुभयो । म लतारिएर हिड्न खोज्दैथिएँ । मेरो भरोसा बनेर रत्न उभिनुभयो । …. मलाइ ठिक भएपछि एकदिन रत्नले दुवैजना सँगै त्यही डेरामा बस्ने प्रस्ताब राख्नुभयो । रत्नसाँगै बस्ने बम देवान पढाइ छाडेर धरान गइसक्नु भएको रहेछ । बम देवान नातामा रत्नको दाइ पर्नुहुँदो रहेछ । मैले रत्नको प्रस्तावलाइ सहर्ष स्वीकार गरें । ( पृ २४–२५)
त्यसरी रत्न र इश्वर अब उपरान्त एउटै डेरामा बसेर उच्च शिक्षा आर्जन गर्ने र देशमा परिवर्तन ल्याउँने राजनीतिक सोच र विचार निर्माणमा होमिएको देखिन्छ । उहाँहरुबीच भेट हुनु पहिले नै रत्न र इश्वरमा कम्युनिष्ट विचारको बिजारोपण भइसकेको रहेछ । उनिहरुबीको भेट र सहयात्राले कम्युनिष्ट राजनीतिक विचारप्रति थप प्रतिबद्ध बन्नुभयो । रत्नको साहित्यि, कलाप्रतिको सिप र क्षमताबाट इश्वर आफू प्रभावित भएको भन्दै चित्रकारिता र बाध्यबादन कलामा पनि रत्न पारङ्गत हुनुहुन्थ्यो भन्ने इश्वरको मूल्याङ्कन रहेको देखिन्छ ।
नयाँ जीवनको खोजी शीर्षकको निबन्ध पड्दा थाहै नभइ अघि कतिबेला पाठकको आँखा रसाएको हुन्छ । मनमा रत्न बान्तवा अवतरित भएको अनुभूति हुन्छ । रत्नले आफ्नी आमाको निधनको विषयमा सुनाउँनु भउको कथा , नयाँ कृतिको खोजी र अध्ययनमा जागेको भोकका कुरा , साहित्यिक कृतिको अध्ययन र त्यसलाइ मुखस्त पार्ने उतसाह र आत्मीय प्रतिस्पर्धाका कुरा अत्यान्तै पठनीय छन । त्यसरी नै एकदिन रत्नले लेखकको दुरुस्त मुहार चित्र बनाएर उपहार दिदाको क्षणलाइ पड्दा मुटु भित्रबाट हिक्का फुटेर आउँछ । दाँते हार्मोनियम, बाासुरी , बिनायो बजाउँने रत्नको सिपको चर्चा , जम्मा ५५ रुपैया बोकेर १५ दिने गोसाइँकुण्ड यात्राका अनुभूति र स्मरण , त्यस समाज र भूगोलबारे रत्नले बनाउँनुभएको दृश्यचित्र आदि कम मर्मसपर्षी , सहासिक ,मायाँलु र उत्साहप्रद छैनन् ।
एउटै ताँदोबाट छुट्टिएका हामी तिरहरु
जब्बर फलामे भित्ताहरु पर गर्दै
प्रचण्ड बायु बेगमा सनसनाउँछौं
आँधी हुरीको सृष्टि गर्दै
बस् एउटै अटल विस्वास लिएर
अवस्य छेड्नेछौं शत्रुका मुटुहरु । (पृ–३०)
रत्नले रच्नुभएको कविताको एउटा अंश हो यो । रत्नको साहित्य साहित्यमा रहेको सामथ्र्य र सौंदर्यबारे यो कविता नै काफी छ । यस विषयमा पनि इश्वरले आफुलाइ लागेको कुरा प्रष्टसँग राख्नुभएको छ । त्यसरी नै बिनायो बाजाको विषयमा रत्नको मूल्याङ्कन यहाँ यसरी उद्धृत गर्नुभएको छ निबन्धकार पोखरेलले ।
बिनायोको बारेमा उहाँ भन्ने गर्नुहुन्थ्यो– पहाडको ग्रामिण क्षेत्रको मौलिक र प्रीय बाजा ! यो हाम्रो बाजा हो । बिनाया बजाउन थालेपछि उहाँ लोक गीतको वाब्य पनि दोहोर्याउँन थाल्नुहुन्थ्यो –
रिटिङ रिटिङ बजायो बिनायो
बिनायोले लौ मन छिनायो । ( पृ. ३१)
पढाइ छोड्दाको द्धिवीधा शीर्षकको आलेख उच्चस्तरको आत्म मूल्याङ्कन हो । उहाँहरुलाइ स्वीजरलेण्ड अध्ययनका लागि प्राप्त छात्रवृति लनिे कि त्यसलाइ त्यागेर आफ्नै देशमा कम्युनिष्ट रानीतिको बिउ छर्न गाउँ जाने ? भन्ने द्धैध मानसिकतामा फसेको तर अन्त्यमा स्वीजरलेण्डको साटा प्लान त्याग्न पुग्नुहुन्छ । अझ इश्वरले त आफ्नो नागरिकता,शैक्षिक प्रामण–पत्र र फोटाहरु समेत जलाएर आ–आफ्नो गाउँ फिर्दाको क्षण पड्दा क्रान्तिकारी रोमाञ्चकताको उत्कर्ष चुमे झैं लाग्छ । र , यस्तो पनि लाग्छ उहाँहरुको त्यो आत्मिक विद्रोह थियो या वस्तुगत आवस्यक्ता या त क्रानितकारी रोमाञ्चवादको युवा आकर्षण ? पाठकका मनमा एकसाथ यस्ता प्रशनहरु प्नि सृजना हुन्छन । यस कृतिभरि यस्ता कैयन रोमाञ्चक प्रसङ्गहरु प्नि छन ।
काठमाडौं छोडेर उहाँहरु आ–आफ्नो जिल्ला फर्केपछि इलाममा रहेका रत्नलाइ धनुषाबाट इशवरले लेख्नुभउको पत्र , त्यही पत्रबाट थप विस्वस्त भएर रत्न पार्टीमा पूर्णकालिन भएको प्रसङ्ग , रत्नलाइ भेट्न इश्वर आफैं इलाम आएको कुरा ऐतिहासिक लाग्छ । २०३५ साल साउन (४–९ ) धनुषामा भएको कोके को तेश्रो सम्मेलनबाट रत्न केन्द्रिय सदस्य हुदा इश्वरलाइ भने महासचिब सिपी मैनालीले केन्द्रिय सदस्यबाट घटुवा गरेर बैकल्पिक केन्द्रिय सदस्य मात्र बनाएका जानकारी मिल्नु पाठकका लागि नयाँ जानाकारी हो । त्यसरी नै २०३५ साल पुस ११ मा गठन भएको नेकपा (माले) को केन्द्रिय सदस्यमा उहाँहरु दुवैजना छानिदाको क्षण, त्यसै सालको फागुन( १७–१९) धनुषा मा रत्नसँग भएको भेट र बातचित सर्वाधिक महत्वको क्षण थियो भन्ने लेखक पोखरेलको मूल्याङ्कन रहेको छ पूर्वको रातो तारा भित्रका पानाहरुमा ।
सहयात्रा टुट्यो, टुटेन सम्बन्ध
२७ चैत्र २०३५ सालमा रत्नकुमार बान्तवाले इलामको इभाङ आँपडाँडामा सहादत प्राप्त गर्नुभयो । त्यो कुरा गोरखापत्रमा समाचार बनेको थियो । उक्त समाचार पनि पहिलो पल्ट विराटनगरमा इश्वरले नै देख्नुभयो । आफ्नो सहयोद्धाको हत्याको खबरले आफु स्तब्ध र मर्माहित भएर मदन भण्डारीलाइ भेट्न पुगेको ,शोकलाइ शक्तिमा बदलेर रत्नको सपना पुरा गर्ने प्रण गरेको घटना पड्दा अत्यास र आक्रोस जागेर आउँछ पाठकलाइ । पाठकको आँखाबाट विद्रोहका आँशु बर्सिन्छ । रत्न र इश्वरप्रति समान सम्मान जागेर आउँछ ।
मदनसँगको कुराकानी पछि म आफ्नो कार्यक्षेत्रमा फर्किएँ । हासियारीपूर्वक विराटनगरको बसपार्कमा पुगेर पश्चिम लाइनतिर जाने बसको खोजीमा आँखा दौडाउँदै थिएँ । बस देखिरहेको थिइन । एक्कासी नजिकैको पत्रिका पसलमा मेरो नजर पर्यो । अग्रेजी दैनिक राइजिङ नेपालको अन्तिम पृष्ठमा छापिएको एउटा सानो समाचारमा मेरा आँखा परे । त्यसमा भनिएको थियो –वान र्याडिकल किल्ड इन क्यास वीथ पोलिस इन इलाम । ( पृ ६५)
हो, वास्तबमा पुलिससँगको भिडन्तमा मारिएका त्यही रेडिकल थियो इश्वरको सहयोद्धा रत्नकुमार बान्तवा । उसको भौतिक सरिर समाप्त भएको थियो । त्यसरी टुटेको थियो रत्नसँग इश्वरको सहयात्रा । रत्न ब्यक्ति र नेता भन्दा माथि उठेर देश,जनता र क्रान्तिका लागि अमर शहीद मा रुपान्तरण भइसक्नु भएको थियो । त्यसरी नै हामी मर्माहित भयौं शीर्षकको आलेखमा आफ्नो रत्नसँगको भेट, सहयात्राको अवधि र विछोडबारे यसरी निश्कर्षमा भन्नुहुन्छ –
२०३० साल असार १५ गतेदेखि प्रारम्भ भएको रत्नसितको मेरो मित्रता २०३५ साल चैत्र २८ गते सम्म अभिछिन्न मात्र होइन ,अत्यान्त प्रगाढ र कमरेडली सम्बन्धमा विकसित भएको थियो । त्यो सम्बन्ध टुटेन बरु वैचारिक जगमा झनझन खँदिलो बन्दै गयो । रत्नसितको सम्बन्ध देश र जनताको स्वार्थमा समर्पित भइरहने दृढ सङेकल्पका साथ अगाडि बढिरह्यो । हामीले सगसगै सपनाहरु देख्यौं, सपना साकार पार्नेयोजनाहरु सँगसँगै बुन्यौं ।कैयौं पटक रत्नसितको सम्बन्ध सम्पर्कलाइ ,त्यस अवधिका प्रत्येक घटना प्रसङ्गहरुलाइ मैले एकएक गरी सम्झिरहें । सिनेमाक रिल जसरी ती सबै मेरा दिमागभरि घुमिनै रहे । (पृ ६७)
रत्नको अनुपस्थितिमा उहाँ आबद्ध पार्टीले रत्नको कामलाइ गरेको मूल्याङ्कन, सम्मान बारे जनलेखकहरुले कृति लेख्नुभएको छ । पार्टीले भूमिगत कालमै रत्नका पाइए सम्मका रचनाहरु सङ्कलन गरेर प्रकाशन गरेको कुरालाइ पनि लेखकले उल्लेख गर्नुभएको छ । सञ्जय थापा ले रत्नको जीवनीमा आधारित देउमाइको किनारमा नामक उपन्यास लेख्दा, रत्नका बारे सबै सूचना आफूबाट लगेको, गुरु पात्र रत्नले नै आफुलाइ भनेको, त्यही नामको पात्रको नाममा आफूलाइ लेखेर सञ्जय थापाले इश्वरलाइ उपन्यास दिनुभएको तर आफ्नो सहयोगबारे एक शब्द पनि उल्लेख नगरेकोमा सारै मन दुखेको गुनासो पनि निबन्धकारले लेख्नुभएको छ । आफु मदन भण्डारीसँग चिन भ्रमणमा जाँदा आफ्नो सहयोद्धा रत्नलाइ सम्झेर आँखा नओभाएको कुरा चिनियाँ भूमिमा आँशु शीर्षकमा यसरी लेख्नुभएको छ उहाँले–
चिनलाइ, चिनियाँ क्रान्तिलाइ बुझ्नका लागि हामीले महत्वपूर्ण औसर पाएका थियौं । भ्रमणको यो सिङ्गो अवधिभर मैले भने देशभित्रको आफ्नै स्थिति मात्र सम्भिरहेँ ,सहादत प्राप्त गरेका सहयोद्धा कमरेडहरुलाइ सम्झिनै रहेँ । तस् सबै सम्झनाहरुमा क. रत्न नै मेरो केन्द्रमा रहिरहनु भएको थियो । सिङ्गो चिन बसाइको अवधिमा सहिद साथीहरु ,खास गरी क. रत्नको सम्झनामा पचासौपटक मैले आफ्नो आँखाबाट बगेको आँशुलाइ रोक्न सकेको थिइनँ । (पृ ८५)
यसको साथै कृतिको पछिल्लो पृष्ठहरुमा रत्नका कविता र गीतहरु राखिएका छन । कृतिलाइ थप प्रामाणिकता दिन रत्नसँग खिचिएका केही दुर्लभ र ऐतिहासिक तस्विरहरु समावेश छन । यसबाट कृति पठनीय, सङ्ग्रहणीय र उल्लेखनीय बनेको छ । रत्नसँगको आत्मिीयतालाइ ब्यवहारमा पुष्टि गरेर पनि देखाउनुभएको छ उहाँले । आफ्नो पार्टी र आफु सरकारमा हुदा रत्नको जन्मस्थल, सहादत प्राप्तस्थल र समाधिस्थलको संरक्षण र विकासका लागि शहीद रत्नबम प्रतिष्ठान मार्फत बजेट उपलब्ध गराएर सहयोग गर्नुभयो । रत्नका ती सबै स्थलमा आफु स्वयम आएर संरचनाहरुको उद्घाटन गर्नुभयो । यो सिद्धान्त र ब्यवहारमा देखिएको समानताको उदाहरण हो ।
केही जिज्ञासा र आग्रह
प्रस्तुत कृति अध्ययन गर्दा पाठकको मनमा केही जिज्ञासा र लेखकले थप केही लेखिदिए हुन्थ्यो भन्ने आग्रह गर्ने ठाउँहरु समालोचकीय सङ्काको रुपमा भेटिन्छ । मेरो अध्ययनमा मलाइ लागेका जिज्ञासा र आग्रह यी हुन ।
० पृष्ठ ३६ मा उलेख भएको क्याम्पस पागलखान शीर्षकको कविता रत्न र इश्वरको सामुहिक रचना हो वा अरु कुनै स्रष्टाको सिर्जना हो ? प्रष्ट हुदैन ।
० पृष्ठ ४५ मा रत्न बान्तवा केही दिन पहिले नै भूमिगत भएको खबर इश्वरलाई सुनाउने पूर्वतिरको साथी को थिए ? नाम उललेख छैन । त्यस्तै पृष्ठ ४७ मा लेखलाइ सुखानी सम्म निर्देशन गरेर पुर्याउँने किसान साथी को थिए ? नाम छुटेको छ । सुखानीबाट तीन घण्टा हिडेर लेखक पुगेर बास बसेको गाउँ कुन हो ?
० लेखक कुन सालको कति गते २ बजे इलाम बजार पुग्नुभएको हो (पृ ४८) मिति छुटेको छ ।
० पृष्ठ ४९–५० मा उल्लेख गरिएअनुसार इलामको कुन गाउँमा कमरेड नरेश बस्नुभएको थियो ? गाउँ र सेल्टरदाताको नाम छैन । त्यस्तै रत्नका भावी योजना के थियो ? प्रष्ट छैन ।
लेखकबाट यी जिज्ञासाप्रति यथोचित ध्यान पुग्न सके दोश्रो सस्करणमा पाठकीय जिज्ञासा पुरा हुनेछ । यसो गरिदा इतिहासको प्रष्टता र पात्रको सम्मान हुनको साथै कृति थप सम्पुष्टि हुनेछ ।
यो कृति पढेपछि लेखकलाइ एउटा आग्रह गर्नैपर्ने हुटहुटी मेरो मनमा जागृत भयो । उहाँहरुले गर्नुभएको १५ दिने गोसाइकुण्ड यात्राका बारेमा लेखकले सूचित त गर्नुभयो, तर त्यो पूर्ण छैन । निश्चय नै उक्त यात्रा ऐतिहासिक महत्वको परिघटना हो । यसर्थ रत्न र मेरो गोसाइकुण्ड यात्रा शीर्षकमा एउटा नियात्रा कृति लेख्न अत्यावस्यक छ । पहिलो दोश्रो दिन गर्दै पन्ध्रौं दिन सम्मका १५ वटा र निश्कर्ष सहितको १६ वटा शीर्षकमा नियात्रा हुन्छ । यो सर्वाधिक पठनीय र संग्रहनीय कृति हुनेछ । यो मेरो लेखकप्रतिको भरोसापूर्ण लेखकीय आग्रह हो ।
अन्त्यमा, पूर्वको रातो तारा मार्फत नेपाली सस्मरणात्मक निबन्ध साहित्यको मझेरीमा एकजना सिद्धहस्त निबन्धकारको रुपमा इश्वर पोखरेल स्पापित हुनुभएको छ । यो ज्यादै खुसीको विषय हो । एकजना सहयोद्धाप्रति अर्को सहयोद्धाले गर्ने वाङ्मयिक श्रद्धा र सम्मान कार्य हो । अर्थात यसो भनौं इश्वरको अदालतमा रत्नको मूल्याङ्कन हो । महान शहीदलाइ सम्झिएर लेखिएको शब्दगुच्छाको अजम्बरी माला हो इश्वर पोखरेलकृत पूर्वको रातो तारा ।