इलाममा आज ४० जनामा संक्रमण पुष्टि

  आवाज संवाददाता


इलाम । इलाममा मंगलबार ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

इलामको रोङ गाउँपालिकामा १३ जना, सूर्योदय नगरपालिकामा ९ जना, इलाम नगरपालिकामा ६ जना, माङसेबुङ्ग गाउँपालिकामा ५ जना, सन्दकपुर गाउँपालिकामा ३ जना, देउमाई नगरपालिका र फाकफोक थुम गाउँपालिकामा २–२ जना संक्रमित थपिएका हुन ।

जिल्लामा हालसम्म संक्रमितको संख्या दुई हजार ८२ पुगेको छ भने मृत्यू हुनेको संख्या ५१ पुगेको छ । पछिल्लो समयमा निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमण पुनः बढ्न थालेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार