अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा

  आवाज स‌वाददाता


इलाम।इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट र सिरक) लगाएतका सामग्री वितरण गरिने हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम समन्वयकर्ता नविन कुमार पौड्यालले जानकारी दिए ।

शुक्रबारबाट शुरु भएको वितरण कार्याक्रममा हालसम्म नगरका १८ जनालाई सहयोग गरिसकेकोे पौडेलले बताए । करुणा फाउण्डेसन नेपालको साझेदारीमा अपाङ्गता भएका ब्याक्ति तथा परिवारको न्यानो कपडा वितरण थालिएको हो ।

शुक्रबारबाट शुरु भएको वितरण कार्याक्रममा हालसम्म नगरका १८ जनालाई सहयोग गरिसकेकोे पौडेलले बताए । करुणा फाउण्डेसन नेपालको साझेदारीमा अपाङ्गता भएका ब्याक्ति तथा परिवारको न्यानो कपडा वितरण थालिएको हो ।

त्यस्तै गरी अपाङ्गता भएका ब्याक्तिहरुलाई माई नगरपालिकाले सहायक सामाग्री सहयोग, सीप विकास तालिम, शैक्षिक सामाग्री सहयोग, आवसीय संरचना सहयोग, सेनिटरी प्याड सहयोग, आय आर्जन सहयोग, स्वास्थ्य विमा सहयोग, विऊ पुँजी अनुदान सहयोग, स्वास्थ्य उपचार जस्ता सहयोग गर्दै आईरहेकोे माइ नगरपालिकाका प्रमुख दिपक कुमार थेवेले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार