साउनदेखि अवैध रूपमा विदेशबाट ल्याइएका मोबाइल नेपालमा नचल्ने

  आवाज संवाददाता

काठमाडौं । आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएका मोबाइल फोन नेपालमा नचल्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न लागिएको हो । त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य रुपमा दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्नो वेबसाइटमा ९लतब।नयख।लउ०मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सक्छन् । वेबसाइटमा उपलब्ध फारममा आफूले प्रयोग गरिरहेको मोबाइलबाट ८३ण्ट३ थिचेपछि प्राप्त हुने आईएमईआई नम्बर उल्लेख गर्नुपर्ने हुन्छ ।

त्यसबाहेक त्यहाँ नागरिकता वा राहदानी नम्बरसहित विभिन्न किसिमका व्यक्तिगत विवरणको माग गरिएको हुन्छ । नेपालमा २०६६ साल देखिनै आयात गरिएका फोनहरूको टाइप अप्रुभल ९बजार बिक्री गर्नका लागि उपकरण योग्य छ छैन भन्ने विवरण० आयातकर्ताहरूले गराउँदै आएका छन् ।

मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुने छ र मोबाइल फोन सुरक्षित हुने प्राधिकरणको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७र७८ का लागि गत जेठ १५ गते जारी गरेको बजेट वक्तव्यमा पनि एमडीएमएसबाट अवैध मोबाइल सेट प्रयोग नियन्त्रणमा आउने र मोबाइल प्रयोग गरी हुने आपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्वास लिएको उल्लेख गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार