इलाम साङरुम्बामा खुकुरी प्रहार गरी एकजनाको हत्या

  आवाज सम्वाददाता

इलाम ।  इलाम नगरपालिका–१२, साङरुम्बामा खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ । स्थानीय ४५ वर्षे यामबहादुर साँवाले ५८ वर्षे धनबहादुर राईको आज (बुधबार) बिहान पौने ८ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए । तर, दिन नमानेपछि धनबहादुरबाटै खुकुरी खोसेर यामबहादुरले हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए । खुकुरी प्रहारबाट गम्भीर घाइते धनबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मानसिक असन्तुलन रहेको भनिएका यामबहादुरले किन हत्या गरे भन्ने कारण खुल्न नसकेको एसपी श्रेष्ठले बताए । यामबहादुरलाई गाउँबाटै पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार