मानव अधिकार मञ्च नेपालको स्थापना दिवस मनाइयाे

  आवाज संवाददाता

     मानव अधिकार मञ्च नेपाल इलामको २३ औं स्थापना दिवस बुधबार मनाइएको छ । स्थापना दिवसको अवसरमा मञ्चले गर्दै आएको सेवा प्रवाह तथा परियोजनाको विषयमा समिक्षा गरिएको छ ।
मञ्चको आकस्मिक आवास गृह, बालबालिका सहयोग उद्धारका गर्ने बाल हेल्पलाइन १०९८, मानवअधिकार अनुगमन तथा अभिलेखिकरण, मनोविर्मश, कानुनी परामर्श र विवाद व्यवस्थानका विषयमा समिक्षा गरिएको छ ।

    मञ्चमा हाल सञ्चालन भइरहेको बाल संरक्षणका लागि ऐक्यबद्धता, समुदायमा न्याय सेवाका लागि स्थानीय न्यायिक प्रणाली, सामाजिक रूपान्तरणका लागि युवा, स्थानीय तहको न्यायिक सवलिकरण, संरचना, मेलमिलाप र मानव अधिकार (सीपीएस) लगायतको प्रगति विवरणको समिक्षा भएको छ ।
मञ्च कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले संस्थाको सम्पूर्णका कार्य सम्पादनको क्षेत्रमा यसको अवस्था र व्यवस्थापनको विषयमा जानकारी गराए ।

    मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बीरबहादुर खड्काले स्थापना दिवसको अवसरमा संस्थाको दिगो विकासको क्षेत्रमा संस्थासँग सम्बन्धित कार्य समिति, सदस्य, कर्मचारीले इमान्दार पूर्वक जिम्मेवारी पुरा गर्नु आग्रह गरे । यसै अवसरमा मञ्चका क्रियाशिल सदस्य स्वर्गीय नवराज शंकरको तस्वीरमा माल्र्यापण गर्नुका साथै उनको योगदानको विषयमा चर्चा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार