इलाममा थप २२ जनामा कोरोना संक्रमण

  आवाज संवाददाता

इलाममा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । आज सूर्योदय नगरपालिकामा १२, इलाम नगरपालिकामा सात,रोङ गाउँपालिकामा दुई र माईजोगमाई गाउँपालिकामा एक जनामा संक्रमण देखिएको हो ।

    हालसम्म जिल्लामा दुई हजार एक सय ४४ जनामा कोरोना देखिएको छ भने ५२ जनाको मृत्यु भइसकेको छ । आजसम्म होमआइसोलेसनमा ३ सय ५५, सामान्य उपचारमा १३, आइसीयुमा तीन जना रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार