इलाममा भाेलिदेखि ४९ केन्द्रबाट दाेस्राे डाेजकाे खाेप लगाइने

  आवाज संवाददाता

इलाम । भोलि (शुक्रबार) देखि जिल्लाभरि भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।

इलामका सबै पालिकामा शुक्रबार र शनिबार खोप लगाइने स्वास्थ्य कार्यालयका कोभिड–१९ को फोकल पर्सन बिमल बरालले बताए । पहिलो चरणमा २०१३ सालदेखि २०१६ साल बैंशाख १ गते जन्ममिति भएकाहरुलाई जेठ २६ र २७ गते पहिलो डोज लगाएका थिए । पहिलो चरणमा चार हजार ४३१ जनालाई खोप दिइएकोमा २८ जना जिल्ला बाहिरको रहेकाले चार हजार चार सय तीन जनालाई दोस्रो डोजको खोप दिइने पनि बरालले बताए ।

जिल्लाका ४४ स्वास्थ्य चौकी, ४ प्राथमिक स्वास्थ्य केन्द्र र १ मातृशिशु केन्द्र गरी ४९ स्थानबाट खोप दिन लागिएको पनि फोकल पर्सन बरालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार