माङसेबुङमा एकै दिन दम्पतिकाे काेराेनाबाट मृत्यू

सञ्चारकर्मी लावतीलाई पितृ र मातृ शाेक

  आवाज संवाददाता

इलाम । इलामका सञ्चारकर्मी तथा माङसेबुड रेडियाेका स्टेशन मेनेजर सुमन लावतीलाई एकै दिन पितृ र मातृ शाेक परेकाे छ ।

माङसेबुङ गाउँपालिका वडा नं.  ५ का सञ्चारकर्मी लावतीका ७९ वर्षीय बाबु टेकबहादुर लावती र  ७३ वर्षीया आमा लक्षीहाङमा लावतीको एकैदिन आज कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

टेकबहादुरको विहीबार विहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले बताए । सञ्चारकर्मी लावतीकाे परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ ।

उनीहरु विगत ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाती समेत कोरोना संक्रमित छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार