भूमि आयोगको अध्यक्षमा ओमनारायण

  आवाज सम्वाददाता


सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या आयोग गठन गरेको छ ।

सरकारले भूमि व्यवस्था सम्बन्धी आयोग इलामको अध्यक्षमा चुलाचुली गाउँपालिकाका ओमनारायण खनाल, विज्ञ सदस्यको रुपमा इलाम नगरपालिकाका प्रकाश अधिकारी र सदस्यमा माङ्गसेबुङ्ग गाउँपालिकाका हेमन्त राईलाई नियुक्त गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको समिति गठन गरेको नाइएको छ ।

अध्यक्षमा बाँझो गाउँपालिकाका ओमनारायण खनाल, विज्ञ सदस्यको रुपमा इलाम नगरपालिकाका प्रकाश अधिकारी र सदस्यमा बाँझो गाउँ पालिकाकै हेमन्त राईलाई नियुक्त गरेको छ ।

आयोगमा मालपोत कार्यालय, नापी र वन कार्यालयका प्रमुखहरु पदेन सदस्य रहने र जिल्ला समन्वय समितिका समन्वय अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।

नवनियुक्त अध्यक्ष र सदस्यहरु सपथ लिएपछि आयोगले काम थाल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार