एजेन्सी। जापानमा यसै महिनादेखि शुरु हुने टोकियो ओलम्पिक २०२० दर्शकलाई प्रतिबन्ध लगाइएकाे छ । ओलम्पिक बन्द रंगशालामा हुने भएको छ । जापानमा कोरोना भाइरस ९कोभिड–१९० को लहर पुनः बढ्दै गएपछि सरोकारवालसँगको छलफलपछि ओलम्पिक बन्द रंगशालामा गराउने निर्णय भएको हो ।
ओलम्पिकको जापानी आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, टोकियोका पदाधिकारी र जापान सरकारका प्रतिनिधिहरु बीचको बैठकपछि ओलम्पिक मिनिस्टर तामायो मारुकावाले टोकियो क्षेत्रमा कोरोनाको प्रभाव बढ्दै गएपछि दर्शकविना टोकियो ओलम्पिक हुने घोषणा गरेका छन् । कोरोनाको प्रभाव बढ्दै गएपछि जापानी जनताहरुले ओलम्पिक नै स्थगित गर्नुपर्ने भन्दै ब्यानर प्रदर्शन गरेका छन् ।
टोकियो २०२० को प्रमुख सेइको हासीमोटोले कोभिडको प्रभाव बढिरहेको अवस्थामा यस्तो सन्देश जारी गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाचले कोभिडको प्रभावबाट बच्न जापानी सरकारले लिने सबै आवश्यक कदमलाई सहयोग गर्ने बताएका छन् ।
उनले स्थगनको दिनदेखि नै यो जिम्मेवारी निभाइरहेको बताउँदै अझै पनि जापानी जनता र सबै सहभागीहरुको लागि सुरक्षित र ओलम्पिक र प्यारालम्पिक खेलहरु हुन आवश्यक रहेको कुनै पनि उपायलाई समर्थन गर्ने थपेका छन् । कोभिडको घट्नाहरु बढ्दै गइरहेको अवस्थामा जापानी प्रधानमन्त्री योशिहिदा सुगाले बिहीबार मात्रै ८ देखि २२ अगस्टसम्म आपतकालको घोषणा गरेका छन् ।
२३ जुलाईदेखि शुरु हुने ओलम्पिकमा १० हजार समर्थकलाई खेलहरुमा उपस्थित गराउने आयोजकले योजना बनाएको थियो । त्यसपछि ५ हजार समर्थकलाई खेलहरुमा प्रवेश दिने योजना बनाएपनि पछिल्लो घट्नाक्रमले बिना दर्शक नै खेल गराउने आयोजकले निर्णय गरेको छ ।
विश्व खेलकुदको कुम्भमेला ओलम्पिकमा ३३ खेलमा विभिन्न ३३९ इभेन्टमा करिव ११ हजार भन्दा बढी एथलिटले सहभागिता जनाउदैछन् । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्सजन्डर शाह, १० मिटर एयर राइफल ९सुटिङ० मा कल्पना परियार, १०० मिटर दौडमा सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछिन् । प्यारालम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्दनले नेपालको चुनौती पेश गर्नेछिन् ।