झापा एमाले नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मेची अस्पतालले प्रसाईको मृत्यु भएको पुष्टि गरेको छ ।
विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर ९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफैँ बा १६ च ८१८२ नं को कार चलाएर चन्द्रगढीतर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए ।
उनको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ । उनी नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष हुन् ।