खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ

संखुवासभा । संखुवासभा खादबारी नगरपालिका-१ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाउँपालिका-२ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

आज बिहान ९ बजे मृतकको घरदेखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई मुकेस तामाङलाई नियन्त्रणमा लिईएको थियो । पुरानो रिसिईबीको कारण गत राती २ बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार