सन्दकपुरका युवाकाे झापामा करेन्ट लागेर मृत्यू

इलाम । आज साँझ करेन्ट लागेर अर्जुनधारा ६ मा एक जना निर्माण मजदुरको मृत्यु भएको छ ।

साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एकतले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लागेर ३८ वर्षिय आयुष राईको मृत्यु भएको हो । इलाम सन्दकपुर २ घर भई हाल बिर्तामोड १ बस्ने राई करेन्ट लागेर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउनुअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव अस्पतालमा रहेको र अनुसन्धानको लागि इप्रका बिर्तामोडबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार