रक्सिकाे सुरमा धारिलाे हतियार प्रहार गरी दाजुको हत्या

  आवाज संवाददाता


मोरङ । मोरङको बिराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षीय दाजु भोला सिंहको घारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

हिजो राती साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरी एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको हाे । दाजुकाे हत्यामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार