हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्दा दाजुभाईकाे मृत्यु

  आवाज सम्वाददाता

तस्बिर: गाेकुल सञ्जेलकाे फेसबुकबाट

इलाम/माईजोगमाई–५  साेयाङका ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ। माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा २१ वर्षीय शेखर ढकाल र १८ वर्षीय प्रवीन ढकालकाे हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो।

सोयाङ र सिङफ्रीङ फेदी अठारेमा हाइड्राेले बनाएको खाल्डोमा पौडी खेल्न गएका स्थानीय डम्बर बहादुर ढकालका कान्छो छोरा प्रवीन खाल्डोमा डुबेपछि भाईलाई बचाउन गएका साइँलो दाजु शेखरको समेत डुबेर मृत्यु भएको हाे ।

शव निकाली पोष्टमार्टमका इलाम अस्पताल ल्याइएको छ।

वेवारिसे शव फेला

इलाम माङ्सेवुङ गाउँपालिका वडा नं ६ मावाखोला किनारमा अपरिचित पुरुषको बेवारिसे लास फेला परेको छ।

अन्दाजी ६० वर्षका देखिने शवको अनुहार तथा शरीरको भागमा किराऔंसासमेत परिसकेकाे अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए। प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल झापामा पठाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार