कुनै बेला चाडपर्व बिबाह –ब्रतबन्ध भोज–भतेरका अवसरमा राजा, महाराजा र सामन्तहरुको दरबारमा नाचगान गर्थे । त्यस बापत बक्सिसमा प्राप्त हुने जग्गा जमिन घर अनि नगद जिन्सीबाट उनीहरुको गुजारा चल्थ्यो ।
यो बेला सामन्ती समुदायले मनोरञ्जनका लागि जनताले जे पनि गर्न सक्नु पथ्र्यो । कतिपय महिलाहरू पनि उनीहरूका मनोरञ्जनका साधन बन्थे । यो कुनै बेलाको कुरा हो । तर, अहिले पनि हाम्रै देशमा महिला शोषित छन् । त्यो हो, बादी समुदायका महिला । त्यो अवस्थामा गाउँका सामान्त–धनाढ्यहरूलाई बादी महिलाको अस्मितासँग खेल्नु अन्ततः यसैलाई जीविकाको लागि यौन पेसाको रुपमा अँगाल्नु बादी समुदायका बादी महिलाहरुको कति डर लाग्दो र भयावह कुरा हो ।
बादी समुदाय वा बादी जाति नेपालमा बसोवास गर्ने खस अथवा दलित समुदायको एक हाङाको रुपमा मानिन्छ । अल्पसंख्यकको रुपमा चिनिने बादी समुदाय नेपालको पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल क्षेत्रमा बसोबास गर्दै आएका छन् । नेपालमा ७७ जिल्लामध्ये करिब ७२ जिल्लामा ९ हजार भन्दा बढीको संख्यामा बसोबास गर्दै आएको तथ्यांकमा पाइएको छ । जाजरकोट र दैलेखमा बादी समुदायको मुख्य बसोबास रहेको छ ।
वादी जाति अल्पसंख्यक जातिमध्येको एक समुदाय हो । जसले अन्य अल्पसंख्यक जातिहरुले जस्तो स्वतन्त्रपूर्वक प्रकृतिको काखमा लुटपुटिएर आफ्नो जातीय पहिचान बचाएको पाइँदैन । कठै ! यिनीहरुको अस्मितासँग सस्तो मूल्यमा जो कसैले खेल्न सक्छ । बाबुसाहेब÷प्रहरी जो कोही होस बादिनीका नाचगान हेर्न आउने र उनीहरुलाई नङ्याएर जाने बादी प्रतिको यो शोषण चलिरहेको थियो । राम्रा हुन् या नराम्रा सबैको नजर बादी माथि नै परेको छ । राजारजौटाको समयमा कुन राजा र भारदारहरुका बैठकमा बादी युवतीहरुको नृत्य भएन होला ? नेपालको कुन जातिको लोकगीतमा घन्केन होला बादी पुरुषले बनाएको उम्दाको मादल । साच्चै भनौं त विकासको त्यो कुन प्रक्रिया हो, जसले सोझा गरिब बादीहरुलाइ शरीर बेच्ने संस्कृतिमा रुपान्तरण गरिदियो ।
यसरी नाचगानमा रम्ने बादी आफ्नो कला देखाउनलाई किन रेडियो, टिभी,सिनेमा , अडियो भिडियो सेन्टरको नजिक पुग्न दिएन ? पानी नचल्ने निच जाती भनेर अपहेलना गरेका बादी जाती अहिले पनि अधिकांश यौन बेचेर पेट पाल्न बाध्य छन् । केही बादीहरुमा सुधार आएको छ । तिनका घर छैनन जग्गा जमीन छैन । जवानी बेच्दा जन्मेका बिना बाउका बालबालिकाहरुलाइ राज्यले सह्र्ष स्वीकार गरेको छैन ।र कतिले नागरिकता पाउन सकेका छैनन् । बादी जाती प्रत्येक महिलाको समस्या हो ।
नेपालमा चलेको जनयुद्ध र शान्ति प्रक्रियामा सुरु भएपछि पनि कतिपय समस्याहरु नआएका होइनन् । बादी जातिका महिलाहरू काठमाडौंको संसद भवन अगाडी आएर महिनौ सम्म रहेर आफ्ना मागहरु राखेका पनि थिए । त्यसबेलाको तत्कालीन निर्वाचित गिरिजाप्रसाद कोइराला थिए र आन्दोलनकर्मी बादी महिलाहरुको तर्फबाट २६ बँुदे माग पत्र बुझाइएको पनि थियो ।
२३ जिल्लाबाट ५०० बादी आन्दोलनकर्मी राजधानी सहर काठमाडौं ओर्लिएका पनि थिए तर सरकारले त्यसलाइ त्यति महत्व दिएन । तर पछि उमादेबी बादी सभामुख भएपछि प्रत्येक जिल्लाका बादीहरुलाइ सरकारले बस्ने घर र जमिन उपलब्ध गराएको थियो । र प्रायः बादिनीहरुले यौन पेशालाई छोडर अन्य पेसा अपनाएका पनि थिए । तर पनि समाजले हेर्ने दृष्टिकोण त कहाँ फेरिएको छ र?त्यो त अझै पनि जीवित नै छ ।
पछिल्लो समय बादी समाजमा भएको जुन महिला हिंसालाई रोक्न खोजिरहेको छ त्यसो त जग्गा जमिन नभएका बादीलाई २०७७÷७८ सम्म आइपुग्दा त केही राहत मिल्न पर्छ । यसरी नै कर्णाली प्रदेशका बादीहरुले यसलाई आन्दोलनको रुपमा लिए र प्रदेश सरकारसँग उनीहरुको माग खाना, नाना र छानाको थियो ।
कर्णाली प्रदेशमा रहेको बादी समुदायको उत्थान र विकासका लागी आउँदो नीति तथा कार्यक्रममा शिक्षा स्वास्थ तालिम तथा आयआर्जनका विषयमा समावेश गर्ने बादी समुदायले आन्दोलन फिर्ता लिइ बादी समुदाय र कर्णाली प्रदेश बीच पाँच बुदे सहमति भएको छ ।
र अन्त्यमा, बादी समाजका महिला पनि अरु समुदायका महिला जस्तै भएर बाँच्न पाउन। शरीर बेचेर हैन आफ्ना पाखुरी बजाएर आफ्नो जीवन चलाउन । र सरकारले बादी समुदायलाई पुर्ण त न्याय गर्नै पर्छ । उनीहरु पनि स्वतन्त्र भएर बाच्न पाउनुपर्छ ।
केवल संविधानका धारामा मात्र उल्लेख गरेर हुँदैन कार्यान्वयन पनि हुनुपर्छ । र सरकारले जति बुँदे सहमति गरेता पनि देश भरिका बादीलाई रोजगारको अवसर को व्यवस्था गरोस ।तब त देशमा एकरुपता हुन्छ, तबत समाज बन्छ, अनि देश बन्छ ।