एमाले विवाद सहमति नजिक, भाेलि सुखद समाचार आउने नेता नेम्बाङकाे भनाई

  आवाज संवाददाता

काठमाडौँ । लामाे समय छलफल भएपनि सहमितमा पुग्न नसकेकाे नेकपा एमालेभित्रकाे विवाद मिलाउन गठित कार्यदल शनिबार भने निष्कर्ष सहमित नजिक पुगकाे छ ।  पार्टीको विवाद समाधानका लागि शनिबार बसेको  कार्यदलको बैठक करिब सहमतिमा पुगेकाे छ ।

कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुंग्याए बराबर भएको भन्दै भोलि बिहान सुखद् समाचार सुन्न पाइने बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘हामीले साह्रै मेहनतका साथ तपाईंहरूको शुभकामनाले हामीले काम टुंग्याए बराबर छ। भोलि बिहान ८ बजे तपाईंहरूले सुखद् समाचार सुन्न पाउनु हुनेछ।’

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकले विवाद समाधानको सहमति नजिक पुगेको माधवकुमार पक्षका कार्यदल संयोजक भीम रावलले पनि जनाएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै रावलले बैठक करिब सहमति नजिक पुगेको बताए ।

त्यस्तै, बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता गोकर्ण विष्टले लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बैठक बस्ने जनाएका छन् ।

विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले भने, भोलि सुखद समाचा सुन्न पाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार