गुणस्तर र बजारीकरण वृद्धि गर्न १७ करोडको परियोजना

  आवाज स‌वाददाता

इलाम/नेपाली चियाको गुणस्तर र बजारीकरणमा वृद्धि गर्न दिगो निर्यात अभिवृद्धि योजना लागू भएको छ । चिया तथा कफी बोर्ड र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा चल्ने परियोजना ३६ महिना चल्ने छ । परियोजनाका लागि १७ करोड ४२ लाख रुपैयाँ बराबरको खर्चिने छ ।
परियोजनाले अर्गानिक प्रमाणित निर्यात बढाउन, अर्थोडक्स चिया निर्यातमा मूल्य अभिवृद्धि गर्न र उत्पादनहरूको आम्दानीमा दिगो सुधार गर्न परियोजनाबाट अपेक्षा छ । यसबाट थप रोजगारी दिइने र उद्यमशिलता विकास कार्यक्रम चलाइने छ भने चिया क्षेत्रमा थप लगानी अभिवृद्धि गरिने छ ।
परियोजनाका योजना अधिकृत गौरव लुइटेलका अनुसार परियोजनाका मुख्य कार्यक्रम ट्रसिबिलिटी सिस्टम लागु लागू गर्ने,चियाको ब्राण्ड प्रवद्र्धन गर्न ट्रेडमार्क कार्यान्वयन गर्ने रहेका छन् । यसका साथै चियाको नयाँ बजार विस्तार गर्ने, अनलाइन व्यापार पोर्टल निर्माण गर्ने जनाइएको छ ।
इलाम सदरमुकाममा गरिएको परियोजनासम्बन्धी परामर्श कार्यक्रममा सरोकारवालाले सुझाब समेत राखेका थिए । कार्यक्रममा सहभागीले परियोजनाले तल्लोस्तरका उद्यमीलाई कस्तो प्रभाव पार्छ, कृषकलाई अर्गानिकरणमा लैजान परियोजाले के गर्छ जस्ता विषयका बारेमा सहभागीले प्रश्न गरेका थिए । परियोजनाका योजना अधिकृत लुइटेलले जिज्ञासामाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश नं. १ भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले चियाको बजारीकरणमा नयाँ ठाउँ खोज्नु पर्ने बताए । उनले भारतमा मात्र नभइ अन्य देशमा वा भारतकै नयाँ क्षेत्रमा चियाको बजार खोज्नु पर्ने बताए ।

 सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले उत्पादनको हेल्चेक्राइले गर्दा चियाको गुणस्तर खच्किएको आरोप लगाए । उनले धेरैजसो उत्पादकले चियाको सुइरो जति भारतको दार्जिलिङ र पात जति नेपालतर्फ बेच्ने भएकाले चियाको गुणस्तर खच्किएको बताए । उनले सूर्योदय नगरभित्रै पनि यस्ता गतिविधि भइरहेकाले गुणस्तरलाई लिएर आन्दोलन चलिरहने बताए ।

यस्तै, कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले चियाको अर्गानिकरण गर्न विदेश जानु पर्ने बाध्यता रहेको बताए । उनले सानो फ्याक्टीमा कम गुणस्तरीय चिया उत्पादन हुने भन्ने सुनिएकाले सुधार गर्न आग्रह गरे । यस्तै, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले भावी दिनमा चियाको गुणस्तर र बजारीकरणमा सुधार हुने अपेक्षा राखेको बताए । उनले पछिल्लो समय पाँचथरमा समेत चियाको उत्पादन बढेको सुनाए । कार्यक्रममा बोल्दै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले चियाको बजार विस्तार गर्न नसकिएकाले किसानले उचित मूल्य नपाएको बताए । उनले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्न सक्ने हुनुपर्ने जनाउनुभयो ।

यस्तै, सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले उत्पादनको हेल्चेक्राइले गर्दा चियाको गुणस्तर खच्किएको आरोप लगाए । उनले धेरैजसो उत्पादकले चियाको सुइरो जति भारतको दार्जिलिङ र पात जति नेपालतर्फ बेच्ने भएकाले चियाको गुणस्तर खच्किएको बताए । उनले सूर्योदय नगरभित्रै पनि यस्ता गतिविधि भइरहेकाले गुणस्तरलाई लिएर आन्दोलन चलिरहने बताए ।
कार्यक्रममा बोल्दै कृषि मन्त्रालयका उपसचिव टेकप्रसाद लुइटेल, चिया तथा कफी विकास बोर्डका नवनियुक्त सदस्य आदित्य पराजुली, चिया उद्यमीहरू पुनम राई, चन्द्रभूषण सुब्बा, केन्द्रीय चिया सहकारी सङ्घका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद दाहाल, इलाम उद्योग बाणिज्य संघका अध्यक्ष इश्वर चिपालूलगायतले बोलेका थिए । कार्यक्रमको समापन गर्दै बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले चियाको गुणस्तर कायम गर्न चिया किसान र उद्यमीमा इमानदारिता आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार