सर्वोच्च अदालतमा गोरू ब्यायो, देश अस्थिरतामा फस्ने खतरा: कमल थापा

  आवाज संवाददाता

काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको र देशलाई अस्थिरतामा लैजाने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा अदालतको फैसलालाई ‘गोरु ब्याएको’ रुपमा टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’

सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर प्रतिनिधिसभा ब्युँत्याउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार