मृत्यु प्रकरण : तथ्यकाे नजिक प्रहरी, भोलि घटना सार्वजनिक गरिने

  आवाज संवाददाता

इलाम । उच्च अदालत विराटनगर, इलाम इजलास परिसरमा सोमबार विहान मृत भेटिएकी ४५ वर्षीया कर्मचारी बिमलाकुमारी पराजुलीको घटनाको अनुसन्धान नजिक पुगेको प्रहरीले जनाएको छ । इलाम इजलासमा कार्यालय सहयोगीका रुपमा कार्यरत पराजुली कार्यालयको फूलबारीमा कार्यालय पोशाकमै अर्धनग्न अवस्थामा मृत भेट्टिएकी थिइन् ।

घटनाको अनुसन्धान गर्न विहानै देखि अदालत परिसरलाई शील गरिएको थियो ।  अनुसन्धानका लागि धरानबाट कुकुर झिकाइएको थियो । प्रहरीले  कुकुरको सहायताले पनि घटनाको अनुसन्धान गरिएको र अनुसन्धान नजिक पुगिएको एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए  । घटनाबारे मंगलबार ११ बजे सार्वजनिक गरिने एसपी श्रेष्ठले बताए  ।

मृतक पराजुलीको स्थायी घर सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– २ रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार