इलाममा सर्वाेच्च अदालतकाे फैसलाकाे विरुद्धमा प्रदर्शन

  आवाज संवाददाता

इलाम । सर्वोच्च अदालतले दलीय व्यवस्था मासेर फैसला गरेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामले आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको पुत्ला दहन गरेकाे छ ।

नेकपा एमालेको पार्टी कार्यालयबाट नारा जुलुस गर्दै चोक वजारमा पुगेर प्रधानन्यायाधीश जवराको पुत्ला दहन गरेका हुन । पुत्ला दहन पछि भएको क‍ाेण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमालेका युवा नेता रबिन्द्र सुबेदीले सर्वाेच्च अदालतको आजको फैसलाले दलीय व्यवस्था मास्दै सक्तिपृथकिकरणको सिद्धान्त विपरीत जनताको अधिकार कुण्ठित गरेको बताए ।

कोणसभा लाई सम्बोधन गर्दै सुवेदीले लोकतन्त्र मासिने दिशामा मुलुक गएको भन्दै प्रतिरोधमा उत्रन आब्हान समेत गरे ।  ‘अदालतले प्रधानमन्त्री तोक्ने हो भने दल र निर्वाचनको के काम ?  त्यसैले जनता प्रतिरोधमा उत्रनु पर्छ ।’ सुवेदी भने । जुलुसमा संविधान मिच्न पाइदैन ,निर्दलीय शासन चाहिदैन, जनताको सार्बभौम अधिकार खोस्न पाइदैन,लोकतन्त्र मास्न पाइदैन भन्दै नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार