माधव नेपालले भने म अब विपक्षी गठबन्धनमा रहन्न

  आवाज संवाददाता

इलाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा नरहने स्पष्ट पारेका छन्।

कोटेश्वरस्थित आफ्नै निवासनजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा वरिष्ठ नेता नेपालले अब आफू फरक भूमिकामा रहने समेत बताएका थिए।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,जसपा अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए।

बैठकमा वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतको फैसलासँगै सहकार्यको एउटा चरण पूरा भएको बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।

‘संविधान, लोकतन्त्र र गणतन्त्रका लागि म गठबन्धनमा आबद्ध भएको हो। प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएको छ। हाम्रो पार्टीमा देखिएको विवाद पनि मिल्ने दिशामा गएको छ,’ नेपालको भनाइ उदृत गर्दै पन्तले भने,’म अब पार्टी एकताबद्ध गर्ने अभियानमा लाग्छु। त्यसैले मेरो भूमिका समेत अब बदलिन सक्छ। म यो गठबन्धनमा नरहन सक्छु।’

वरिष्ठ नेता नेपालले पार्टीको आन्तरिक समस्या समाधान गरेपछि मात्रै राष्ट्रिय राजनीतिमा ध्यान दिने बताएका थिए।

सबैलाई मिलाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्न उनले देउवालाई सुझाएका थिए। एकलौटी रूपमा अघि नबढ्न समेत उनले देउवालाई भनेका थिए।

‘कार्यदलले सकारात्मक काम गरिरहेको छ। अब कार्यदलले गरेको सहमति अनुसार हामी पार्टीलाई मिलाउनतर्फ लाग्छौं,’ नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो,’राष्ट्रका समस्या समाधान गर्ने बारेमा एमालेसँग समेत सहमति गरेर अघि बढ्नुहोला।’

सरकारमा जानेरनजाने विषयमा भने एमाले पार्टीले नै निर्णय गर्ने पन्तले बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपालसहित पार्टीका कमिटीहरूले गरेका निर्णयका आधारमा आफूहरू अघि बढ्ने उनको भनाइ छ।

सरकारलाई विश्वासको मत दिने्नदिने विषयमा समेत पार्टीमा छलफल गरेपछि मात्रै भन्न सकिने पन्तले बताए। सेताेपाटीबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार