सर्वोच्च अदालतको फैसला : सत्ताधारीले पुत्ला जलाए, विपक्षीले मैन बाले

  आवाज संवाददाता

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि इलाममा सत्ताधारी र विपक्षी विभक्त भएका छन् । अदालतले संसद स्थापनासँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवा बनाउन परमादेश जारी गरेसँगै सत्तारुढ र विपक्षी दुवै सडकमा निस्किएका छन् । सत्तारुढ नेकपा एमालेका विद्यार्थी ले आज सडकमा सर्वोच्चको फैसलाको विरोध गरेका छन् भने प्रतिपक्षी दल एमालेका विद्यार्थीले फैसलाको स्वागत गरेका छन् ।
सत्तारुढ नेकपा एमालेका नेताले सडका उत्रिएर नाराबाजी गरे भने प्रधानान्याधीश चोलेन्द्र शमसेरको पुत्ला जलाएका थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन –अनेरास्ववियु)का केन्द्रीय सदस्य रविन्द्र सुवेदीका अनुसार अदालतले निर्दलिय व्यवस्था हावी गर्न खोजेको भन्दै सडकमा उत्रिएको बताए ।
अदालतको फैसलाले दलिय व्यवस्था मास्दै शत्तिपृथकिकरणको सिद्धान्त विपरीत जनताको अधिकार कुण्ठित गरेको सुवेदीले बताए । यस्तै आजै विपक्षी दल नेपाली कांग्रेसका युवा र विद्यार्थी नेताले समेत सडकमा मैन वत्ती बालेका थिए । माओबादी केन्द्र र जनता समाजवादीका समेत कार्यकर्ताको उपस्थितिमा इलाम बजारमा नेपालको नक्सा बनाएर मैनवत्ती जलाएका थिए । उनीहरुले संविधानको रक्षा गरेको भन्दै प्रतिगमन ध्वस्त बनेको बताएका थिए । नेपाल विद्यार्थी संघ इलामका अध्यक्ष प्रकाश भट्टराईका अनुसार वर्तमान सरकारको प्रतिगमनविरुद्ध सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएकाले मैन बालेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार