बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ को ज्यान गयाे

  आवाज संवाददाता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ११ बालबालिका छन् । उनीहरु सिन्धुपाल्चोक र तनहुँका पाँच÷पाँच, डोटी, पाल्पा र गोरखाका चार÷चार, रोल्पा, दाङ, दार्चुलाका तीनरतीन, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानका दुईरदुई र ललितपुर, सर्लाही, काभ्रे, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालीकोट, बझाङ र बाजुराका एक -एकजना छन् ।

पछिल्लो २४ घण्टामा खोटाङ र सिन्धुलीमा दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी उक्त अवधिमा ७३ जना घाइते भएका छन् । अन्य २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ पुरुष, ६ महिला, तीन बालक र एकजना बालिका रहेका छन् । बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ ।

बाढीका कारण एक हजार ५१६ वटा घर डुबानमा परेका छन् । कूल ५८३ घर, १०७ गोठ, ४३ पुल, तीन विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा ६०० विपद्का घटनाबाट एक हजार १७६ परिवारका पाँच हजार ४९५ मानिस विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार