उच्च अदालत इलामकी कर्मचारीको हत्या गरिएको आशंका, प्रहरीले आज ११ बजे घटना सार्वजनिक गर्दै

  आवाज संवाददाता


इलाम। अर्धनग्न अवस्थामा उच्च अदालत विराटनगर इलाम इजलास परिसरमै मृत अवस्थामा भेटिएकी अदालतकी कर्मचारीको घटनाको विषयमा प्रहरीले आज ११ बजे सार्वजनिक गर्दैछ । प्रहरीले पत्रकार सम्मेलन मार्फत घटना विवतरण सार्वजनिक गर्न लागेको हो ।

कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुलीको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । घटनामा सुरक्षाकर्मीकै संलग्नता रहेको र प्रहरीले पक्राउ समेत गरिसकेको स्रोतकाे दाबी छ ।

सोमबार विहान मृतकको लुगा सरेको अवस्थामा पाइएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ भएकी उनको शव कार्यालय पोसाकमै भेटिएको थियो । प्रहरीले सोमबारनै धरानबाट डग टोली ल्याएर पनि अनुसन्धान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार