इलाममा २०८ औं भानु जयन्ती मनाइयो

इलाम । आज असार २९ । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्म जयन्ती । भानु जयन्ती इलाममा पनि मनाइएको छ । भानु जयन्तीका अवसरमा इलाम बजारको ठूलो टुडीखेल छेउमा रहेको भानुको प्रतिममा माल्यार्पण गरिएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालसहित विभिन्न व्यक्तिहरुले भानुको प्रतिमामा माल्र्यापण गरेका थिए । माल्र्यापण पछि जिसस पप्रमुख बरालले आदुकवि भानुभक्त आचार्यले नेपाली भाषालाई स्थापित गराउन खेलेको भूमिका र नेपाली भाषा साहित्यमा भानुभक्तले पु¥याएको योगदानको चर्चा गरेका थिए । ‘जसरी पृथ्वी नाराण शाहले नेपाल एकीकरण गरेर नेपाली इतिहास लेखे त्यसरीनै नेपाली भाषाको एकिकरण र संरक्षण भानुभक्तले गरेका छन्,’ बरालले भने ‘यो इतिहास नेपाल र नेपालीको कुनै पनि पुस्ताले बिर्सन हुँदैन ।’
माल्र्यापण पछि आयोजित साहित्यिक विमर्शमा इलामका कवि तथा साहित्यकारहरुले भानुभक्तको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरु कोमल निरौला, इसासंक प्रतिष्ठान इलामका अध्यक्ष देवीप्रसाद गौतम, बुद्धि घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष इन्द्रनारायण सुवेदी, अमर मावि बरबोटेका प्रअ सोमनाथ निरौला, कवि जयनारायण भट्टराई, गायक राजेश चाम्लिङ, साहित्यकार चन्द्रवीर खत्री लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए । इलाम नगरपालिका स्थित साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम प्रतिष्ठान अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा भएको संवाददाता दिवाकर भण्डारीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार