द्धन्द पीडितले पठाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

इलाम । विगतको शसस्त्र द्धन्दका पीडितहरुले वर्षौं बित्दा पनि न्याय नपाएको भन्दै प्रधानमन्त्रीलाई मंगलबार ज्ञापन पत्र पठाएका छन् ।

द्धन्दपीडित परिवार संलग्न देश भरका ४१ संघसंस्थाले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् ।
इलाम स्थित द्धन्दपीडित साझा चौतारीले पनि प्रमुख जिल्ला अधिकारी मार्फत मंगलबार ज्ञापन पत्र पठाएको छ । चौतारीका जिल्ला संयोजक दामोदर चापागाईंद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विभिन्न छ बुँदे माग समेत राखिएको छ ।

द्धन्दपीडितको न्यायप्रतिको उत्तरदायित्व बोध गर्न र विश्वसनीय संक्रमणकालिन न्यायप्रक्रिया अवलम्बन गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

ज्ञापन पत्रमा संक्रमणकालिन आयोगहरुले साढे छ वर्ष सम्म कुनै पनि ठोस परिणाम दिन नसकेको भन्दै राजनैतिक दल नियन्त्रित आयोगहरुको पुनरावलोकन गरि संक्रमणकालिन न्यायको समय सीमा ससहितको स्पष्ट कार्ययोजना बनाउनुपर्ने उल्लेख गरेको छ । यस्तै पीडितहरुको अर्थपूर्ण परामर्श, सर्वोच्च अदालतको परमादेश र अन्ततर्राष्ट्रिय मानवअधिकार कानूनहरुमा राज्यको दायित्व बमोजिम संक्रमणकालिन न्याय सम्बन्धि कानून संशोधन र निर्माण गर्न आग्रह गरिएको छ ।

द्धन्द पीडितको परिपूरण अधिकार कानूनी रुपमा सुनिश्चित गर्न, पीडित समुदायको सहकार्य विस्तृत परिपूरण नीति निर्माण गर्न र संघीय, प्रदेश र स्थानीय सरकारको आपसी सहकार्यमा दीर्घकालिन सम्मानपूर्ण सुविधाजन र सर्वसुलभ परिपूरण नीति कार्यान्वयन गर्न भनिएको छ ।
चौतारीका संयोजक चापागाईंले प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार