सामाजिक सुरक्षा कोषको विरुद्धमा प्राइम बैंकका कर्मचारी

इलाम । सामाजिक सुरक्षा कोषप्रति बैंक तथा वित्तिय संस्थाहरुले असहमति जनाउँदै आएका छन् । प्राइम बैंक बिब्ल्याँटे शाखाका कर्मचारीहरुले पनि सामाजिक सुरक्षा कोषप्रति असहमति जनाउँदै आज १५ मिनेट सेवा अवरुद्ध गरेका छन् ।

कर्मचारीहरुले विहान १० बजेदेखि १५ मिनेट कालो ब्यानर सहित प्रदर्शन गरेका थिए ।

सामाजिक सुरक्षा कोषमा सहभागिता जनाउँदा आफ्नो खाईपाई आएको सेवासुविधा घटाएर या नोक्सानी हुने गरी कर्मचारीलाई कोषमा आवद्ध गर्नु नहुँने भन्दै बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

बैंक तथा वित्तिय संस्थामा कर्मचारीको सुविधा कटौति नहुने, सामुहिक सौदाबाजी अधिकारीको सुनिश्चितता, अवकाश रकममा आय कर नलाग्ने व्यवस्था गरिनुपर्ने लगायतका मागहरु राख्दै कर्मचारी आन्दोलित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार