नवगठित सरकारका यस्ता छन् पहिला दुई निर्णयहरु

  आवाज संवाददाता

काठमाडौँ । चार सदस्यीय मन्त्रीमण्डल सहित गठन भएकाे देउवा सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।

सपथ ग्रहणपछि मंगलबार सिंहदरबारमा बसेको शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत मसान्तसम्ममा सबै नागरिकलाई दिने निर्णय गरेको छ । जसमा असोजसम्ममा एक तिहाई नागरिक र चैत मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई जोखिम भत्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

आजै बहिर्गमन भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारले कोरोनाविरुद्धको करिब डेढ करोड खोप प्रबन्ध गर्ने व्यवस्था गरिसकेको छ । त्यसैअनुसार नियमित खोप लगाउनको कार्य यसअघि नै भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार