बालकोट पुगेर ओलीले भने– माधव नेपाल गद्दार हुन्, क्षमा दिनलायक छैनन्

  आवाज संवाददाता

काठमाडौं । प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट पुगेका छन् ।

तामझामका साथ बालकोट फर्किएका ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालाई गद्दारको संज्ञा दिएका छन् । ओली निवास बालकोटमा जम्मा भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ओलीले नेता नेपालाई यस्तो आरोप लगाएका हुन् ।

माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको ओलीको भनाइ छ । माधवकुमार नेपालको अगुवाईमा आफूलाई जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइएको बताउँदै ओलीले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको र उनलाई पार्टीमा क्षमा दिन नसकिने बताएका हुन् ।

ओलीले माधव नेपालाई पार्टीबाट निकालेरै छाड्ने संकेत गर्दै नेपाल पक्षका अन्य नेताहरूको सन्दर्भमा कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहे मौका दिने बताएका छन् । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ नभएको ओलीको जिकिर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार