दुर्घटनामा माङसेबुङका वडा सदस्य राईको मृत्यू

  आवाज संवाददाता

इलाम । बुधबार साँझ मोटर साइकल दुर्घटनामा परी माङसेबुङ्ग वडा नं. ४ का वडा सदस्य धनबहादुर राईको मृत्यू भएको छ ।

घर फर्कने क्रममा दमक रबी सडक खण्डको रतुवा पुल नजिक मोटर साइकलमा दुर्घटना हुँदा सदस्य राईको मृत्यू भएको हो ।

मे ८ प ६०४ नम्बरको मोटर साइकलमा घर फर्कदै गरेका राई मोटर साइकलसँगै सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै उपचारका क्रममा विएण्डसी विर्तामोमा उपचारका लागि लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार