साउन ७ सम्म निषेधाज्ञा थपियो

  आवाज संवाददाता

    कोभिड संक्रमण नियन्त्रणका लागि इलाममा वैशाख २८ देखि शुरु भएको निषेधाज्ञा पछिल्लो पटक पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले पछिल्लो पटक बिहीबार आगामी साउन ७ गते सम्मका लागि थप गरेको हो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले एक आदेश जारी गरि असार ३१ गते मध्यराति सम्म लागू गरिएको निषेधाज्ञालाई आगामी साउन ७ गते सम्म बढाइएको जनाएका छन् ।
यसअघि असार ३१ सम्म सबै प्रकारका सभा, जुलुस सेमिनार, गोष्ठी, होटल, साप्ताहिक हाटलगायतका क्षेत्रलाई निषेध गरिएको थियो । आदेशमा इलाम बजार क्षेत्रभित्र यात्रुबहाक सवारीलाई निषेध गरिएको थियो । यस्तै जिल्ला भित्रने र बाहिरिने यात्रु वहाक सवारीमा स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्ने उल्लेख थियो । अब पनि यसैलाई यथावत राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार