हालसम्म ५.०९ प्रतिशतले मात्रै पूर्ण खोप लगाए

इलाम । पछिल्लाे समयमा खाेप आयात बढेपनि शुरुवाती दिनमा भने जसरी खाेप आयात भएकाे थिएन । यसैले नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा ९पूर्ण खोप० लगाएका छन् ।

यस्तै, २६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।

हालसम्म झन्डै ५८ लाख मात्रा कोरोना संक्रमणविरुद्धको खोप नेपाल भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत ८ माघ २०७७ देखि हालसम्म ५७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल भित्रिएको हो । जसअन्तर्गत भारतबाट २४ लाख ४८ हजार मात्रा, चीनबाट १८ लाख मात्रा र अमेरिकाबाट १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एन्ड जोनसनको खोप प्राप्त भएको ।

त्यसैगरी कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अमेरिकाबाट नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने भएको छ ।

यस्तै, उक्त खोप पूर्ण र अति अशक्त अपांगता ९वर्ग क र ख० भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने भएको छ । एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा ४ साउनदेखि लगाइँदै छ । समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार