गएको आर्थिक वर्षमा इलाम नगरपालिकाले ८ करोड २४ लाख राजश्व उठायो


इलाम । इलाम नगरपालिकाले गएको आर्थिक वर्षमा विभिन्न शीर्षकबाट आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७।०७८ मा नगरपालिकाले आठ करोड २४ लाख ४२ हजार चार सय ७७ रुपैयाँ राजश्व आम्दानी गरेको छ । उक्त आर्थिक वर्षमा नौ लाखभन्दा बढी राजश्व आम्दानी गर्ने नगरले लक्ष्य राखेको थियो । तर, कोरोना करहका कारण लक्ष्य अनुरुप राजश्व उठ्न नसकेको नगरपालिकाले जनाएको छ । नगरले निषेधाज्ञाका कारण खानेपानीको एक महिनाको न्यूनतम् शुल्क र जरिवानामा छुट गरेको थियो ।

नगरका १२ वटा वडाहरु मध्ये सबैभन्दा बढी राजश्व वडा नंं १०ले संकलन गरेको छ । वडा नं. १० ले ५५ लाख ९० हजार ९९३ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यपछि दोस्रो धेरै राजश्व संकलन गर्ने वडा ५ नम्बर हो । वडा नं. ५ ले ३५ लाख ७७ हजार ६२० रुपैयाँ संकलन गरेको छ । यसरीनै वडा नं. ३ ले ३५ लाख ३० हजार ५४३ रुपैयाँ संकलन गरेको छ । वडा नं. ३ तेस्रो धेरै राजश्व संकलन गर्ने वडा हो । वडा नं. ११ ले ३० लाख ६५ हजार ६१४ रुपैयाँ राजश्व संकलन गरेको छ भने वडा नं. १ ले ३२ लाख ९९ हजार ७५५ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नं. १२ ले २७ लाख ३० हजार १४५ रुपैयाँ राजश्व संकलन गरेको छ भने वडा नं. ४ ले २३ लाख ३३८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

यसरीनै वडा नं. २ ले १४ लाख ७७ हजार २४६ रुपैयाँ राजश्व संकलन गरेको छ भने वडा नं. ९ ले १३ लाख ६६ हजार ९६४ रुपैयाँ राजश्व संकलन गरेको छ ।

यसरीनै वडा नं. ८ ले १२ लाख ७४ हजार २३३ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नं. ७ ले ११ लाख ५४ हजार ५८४ रुपैयाँ राजश्व संकलन गरेको छ र वडा नं. ६ ले आठ लाख १५ हजार ५९५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

वडा नं. ६,७, ८ र ९ को राजश्व इलाम नगरपालिकाकै राजश्व शाखाबाट पनि लिइने भएकाले बजार र आसपासका वडाहरुको राजश्व संकलन कम देखिएको हो ।

नगरपालिकाले सम्पत्ति तथा भूमि कर, पानी, सरसफाई, व्यवसाय, सटर भाडा, वहाल कर, बहालविटौरी सिफारिस, घर नक्शापास लगायत विविध शीर्षकमा राजश्व लिने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार