प्रवेश गरेकै दिन देउवाले बनाए बालुवाटारलाई पार्टी कार्यालय

  आवाज संवाददाता

काठमाडौं । गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार प्रवेश गरेकै दिन सरकारी निवासलाई पार्टी कार्यालयमा परिणत गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवासलाई अर्को पार्टी कार्यालय बनाएको आरोप लाग्दै आएको थियो । देउवाले पनि ओलीकै ‘शैली’ मा हिँड्न थालेका टिप्पणी सुरु भएको छ ।

ओलीले देशमा सुशासन कायम गर्न नसकेको भनेर आलोचना गर्दै विपक्षी गठबन्धनले पटक–पटक विज्ञप्ति नै निकालेको विरोध जनाएका थिए । तर, अहिले त्यही गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका देउवाले पनि ओलीकै ‘दिशा’ मा हिँड्न थालेको आरोप लाग्न सुरु भएको हो ।

बालुवाटारमा पार्टी बैठक, गुटको भेलादेखि लगायत कार्यक्रमहरु आयोजना भएको भन्दै ओलीले सरकारका सबै काम सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट नभएर सरकारी निवासबाटै चलाउने जस्ता आरोपहरु लागेको थियो ।

हिजाे ९ः४७ बजेको शुभसाइत पारेर शुक्रबार बिहान बालुवाटारको सरकारी निवासमा प्रवेश गरेका देउवालाई पहिलो दिन नै आफ्नो सरकारी निवासलाई पार्टी कार्यालयमा परिणत गरेका हुन् ।

हिजाे बालुवाटारमा नै प्रधानमन्त्री देउवाले पार्टीको पदाधिकारी बैठकको आयोजना गरेका छन् । अपरान्ह तीन बजेदेखि बालुवाटारमा पदाधिकारी बैठक बसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार