सूर्योदयले ४२ मिनी ट्रिलर किसानलाई दियो

  आवाज संवाददाता


इलाम । सूर्योदय नगरपालिकाले सहकारी संस्था र किसानहरुलाई कृषि औजार मिनी ट्रिलर वितरण गरेको छ ।

नगरपालिकाले पाँच वटा सहकारी संस्था र ३७ जना किसानलाई ४२ वटा मिनी ट्रिलर वितरण गरेको सूर्योदय नगरपालिकाका प्रमुख आरबी राईले जानकारी दिए ।

किसानहरुको लागत कम गर्न र युवाहरुलाई आकर्षण गर्नका लागि नगरले आर्थिक वर्ष २०७७।०७८ मा कृषिमा विनियोजन गरेको रकमबाट ५० प्रतिशतको साझेदारीमा मिनी ट्रिलर वितरण गरेको हो । प्रति मिनी ट्रिलर ५२ हजारका दरले खरिद गरेर ५० प्रतिशत अनुदानमा सहकारी समूह र किसानलाई वितरण गरेको नगरपालिकाले जनाएको छ ।

मिनी ट्रिलर चलाउनका लागि किसानलाई तालिम दिइने र मर्मतका लागि नगरले दुई जनालाई तालिम दिने पनि नगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार