मुलुकभर थप १ हजार ८७५ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु, २ हजार १६४ निको

इलाममा आज शून्य

  आवाज संवाददाता

इलाम । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इलाममा भने जिल्ला प्रशासन कार्यालयले संक्रमण शून्य रहेकाे विवरण उपलब्ध गराएकाे छ । परीक्षण नभएर हाे या परीक्षणमा पाेजेटिभ नदेखिएर हाे भन्ने कुरा प्रशासनले खुलाएकाे छैन ।

गत २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ८५८ र एन्टिजेन विधिबाट ३ हजार २०८ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८७५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १६४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ३० हजार ४०७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ जना रहेको छ ।

२४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५२७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार