जता मल्खु उतै ढल्कु: ठाकुरलाई छाेडेर यादव तिर लागे ५ सांसद

  आवाज संवाददाता

काठमाडौं । जता मल्खु उतै ढल्कु भने जसरी  जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् ।

यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षमा चार सांसद उपस्थित भएका थिए भने एकजना सांसदले बैठकमा उपस्थित नभएपनि यादव पक्षलाई साथ दिने आवश्वासन दिएका छन् ।

यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल बैठकमै उपस्थित भए । रुही थारुले आफू काठमाडौं बाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार