करेन्ट लागेर २ जनाको मृत्यु

  आवाज संवाददाता


सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका-२ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाईते भएका घिमिरेको उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको हो ।

यसैगरी ईटहरी-१७ का मनोज खत्रीको पनी करेन्ट लागेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका खत्रीलाई उपचारको लागी बिराटटिचिङ हस्पिटल बिराटनगर लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार