इलाममा आइतबार ५६ जना संक्रमित थपिए

  आवाज संवाददाता

इलाम । इलाममा आइतबार कोरोना भाइरसबाट ५६ जना संक्रमित भएका छन् ।
सबैभन्दा बढी इलाम नगरपालिकामा ३२ जना संक्रमित भएका छन् । यसरीनै सूर्योदय नगरपालिकामा १५ जना, देउमाई नगरपालिकामा ५

जना, सन्दकपुर गाउँपालिकामा ३ जना र माइजोगमाई गाउँपालिकामा १ जना संक्रमण पुष्टि भएको छ ।
इलाममा संक्रमितको संख्या दुई हजार पाँच सय ५५ भएको छ । मृत्यू हुनेको संख्या ५८ जना पुगेको छ ।
इलाममा नाम मात्रको निषेधाज्ञा भएसँगै संक्रमण दर बढ्दै गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार