एमालेका यि सांसदले दिए शेरबहादुरलाई विश्वासकाे मत

  आवाज संवाददाता

काठमाडौँ । नेकपा एमालेका २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत मागेका देउवालाई एमालेका २२ जना सांसदहरुले पक्षमा मतदान गरेका थिए ।

जसमध्ये अध्यक्ष केपी शर्मा ओली पक्षका समेत रहेका छन् भने अन्य माधव कुमार नेपाल पक्षका रहेका छन् ।

संसदमा कूल उपस्थित २४९ जना सदस्यमध्ये १६५ मत देउवाको विश्वासको पक्षमा खसेको थियो । त्यस्तै, ८३ मत विपक्षमा र एक मत तटस्थ रहेको थियो ।

देउवालाई मत दिनेमा एमालेका सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई विश्वासको मतदान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार