बगरमा अचेत भेटिएकी महिलाकाे उपचारकाे क्रममा मृत्यू

महिलfकाे पहिचान खुल्न नसक्दा शव अस्पतालमै

  आवाज संवाददाता


इलाम । अचेत अवस्थामा बगरमा भेटिएकी महिलाको उपचारको क्रममा मृत्यू भएको छ ।

पहिचान नखुलेकी महिला आइतबार चुलाचुली गाउँपालिका–५ चपेटीस्थित दुधे खोलाको बजारमा अचेत अवस्थामा भेटिएकी थिइन् । हेर्दा मधेशी मुलको जस्तो देखिने अन्दाजी ४०–४५ वर्षको देखिने महिलालाई पेल्टीमारी प्रहरीले उद्धार गरेको थियो । पेल्टीमारी प्रहरीले उपचारका लागि दमक अस्पतालमा लगेको थियो ।

उपचारकै क्रममा सोमबार विहान उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । महिलाको शव दमक अस्पतालमा राखिएको छ । महिलाको पहिचानमा सहयोग गर्नका लागि प्रहरीले अनुरोध गरेको छ । उक्त महिलालाई चिन्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालयको फोन नं. ०२७५२०१०० र ९८५२६९००३० मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार