एमालेका यी २२ सांसदसँग २४ घण्टे स्पष्टीकरण, नेपाल समूहमा तनाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी निर्णयविपरीत फ्लोर क्रस गरेर विश्वासको मत दिएको भन्दै उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ पेस गर्न भनिएको हो ।

ललितपुर च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी निर्णयविपरीत फ्लोर क्रस गरेर विश्वासको पक्षमा मतदान गर्ने २२ जना सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय भएको बताए ।

एमालेको संसदीय दल र स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । पार्टी निर्णयविपरीत विश्वासको पक्षमा मतदान गरेपछि बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए । मंगलबार बस्ने केन्द्रीय कमिटीको बैठकले बाँकी प्रक्रिया अघि बढाउने उनले बताए ।

बैठकले पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले अघि सारेको १० बुँदे प्रस्ताव अनुमोदन गरेको छ । गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णयसमेत बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताए । राजधानी दैनिकले खबर छापेको छ ।

यी हुन् स्पष्टीकरण सोधिएका सांसदहरू

१. माधवकुमार नेपाल
२. विरोध खतिवडा
३. मेटमणि चौधरी
४. गोपाल बम
५. भवानी खापुङ
६. कलिला खातुन
७. मुकुन्द न्यौपाने
८. रामकुमारी झाक्री
९. प्रेम आले
१०. विनादेवी बुढाथोकी
११. किसान श्रेष्ठ
१२. समिना हुसेन
१३ कल्याणी खड्का
१४. सरला यादव
१५. धनबहादुर बुढा
१६. लक्ष्मी चौधरी
१७. जीवनराम श्रेष्ठ
१८. पुष्षाकर्ण कायस्थ
१९. निरा जैरु
२०. पार्वती विसङ्खे
२१. हिराचन्द्र केसी
२२. कृष्णलाल महर्जन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार