पर्यटकहरुलाई स्वागत गर्न अन्तु पाेखरी सफाई

  आवाज सम्वाददाता


इलाम । इलाम भित्रने पर्यटकहरुलाई रोजाइको केन्द्र बन्दै गएको अन्तुमा मंगलबार पोखरीको सरफाइ गरिएको छ । पर्यटकहरुलाई सूर्योदयको दृश्यावलोकन पछि डुङ्गा सवार र फोटो सेसनका लागि आकर्षक रहेको अन्तु पोखरीको सरसफाइ गरिएको स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले जानकारी दिए । ‘पोखरी वरपरको झारपात, बाँस र अन्य कसिंङ्गरहरु सरसफाइ गरियो ।
अहिले पर्यटक आउने क्रम नभएका बेला पोखरी आसपासको क्षेत्रमा सरसफाइ गरियो ।’ घिमिरेले भने । स्थानीय पर्यटन व्यवसायी , छिरुवा एकता समाजले पोखरी र आसपासको सरसफाइ गरेका थिए । स्थानीय जिवन विकास लघु वित्त संस्थाले सरसफाइमा सहभागीलाई मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार